सेट-टप बक्सबिनै चल्ने भयो एनटीटीभी, एप इन्स्टल गरे पुग्ने
काठमाडौं : नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको टेलिभिजन सेवा ‘एनटीटीभी’का लागि भौतिक सेट-टप बक्स आवश्यक नपर्ने गरी ‘भर्चुअल सेट-टप बक्स’ सेवा सुरु गरेको छ।
बिहीबारदेखि एन्ड्रोइड प्रणालीमा आधारित स्मार्ट टीभीमा यो सेवा सञ्चालनमा ल्याइएको हो। एन्ड्रोइड स्मार्ट टीभीको गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटीभी’ एप खोजेर इन्स्टल गरी सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
निकट भविष्यमा अन्य सबै किसिमका स्मार्ट टिभीहरूमा समेत चल्ने गरी भर्चुअल सेट-टप बक्स विस्तार गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ। भर्चुअल सेट-टप बक्ससहितको नयाँ प्याकेजमा एक हजार रुपैयाँ छुट दिने व्यवस्था मिलाएको छ।
असोज १५, २०८३ बिहीबार १९:०९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।