ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममा : युनिसेफ

ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममा : युनिसेफ

एजेन्सी : ल्याटिन अमेरिकाका लाखौँ बालबालिका 'एल निनो' जलवायु प्रभावका कारण निम्तिएको गम्भीर खडेरी र बाढीको उच्च जोखिममा परेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ।

भू-मध्यरेखीय प्रशान्त महासागरको सतहमा तापक्रम बढ्दा हुने प्राकृतिक फेरबदलका कारण विश्वव्यापी रूपमा वर्षा र हावाको ढाँचामा उथलपुथल आउने गर्छ। युनिसेफका अनुसार यस वर्षको एल निनो इतिहासकै सबैभन्दा बलियो हुने अनुमान गरिएको छ।

करिब दुई करोड ५८ लाख ल्याटिन अमेरिकी बालबालिका, वा हरेक सात जनामध्ये एक जना, खडेरी र बाढीबाट बढ्दो जोखिमको सामना गरिरहेको चेतावनी युनिसेफले दिएको छ। जसले यसअघि नै दक्षिण र मध्य अमेरिकामा विनाश निम्त्याइसकेको छ।

ल्याटिन अमेरिका र क्यारिबियनका लागि युनिसेफका क्षेत्रीय निर्देशक रोबर्टो बेनेसले विज्ञप्ति जारी गर्दै यसको प्रभावहरूले अझै बढी बच्चाहरूलाई गहिरो असुरक्षामा धकेल्ने र विद्यमान असमानता बढाउने खतरा रहेको छ भने प्रभाव क्षेत्रभरि फरकफरक हुन्छ। 

ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस र निकारागुआका मध्य अमेरिकी राष्ट्रहरूमा खडेरीले  असर गर्छ, जसले बालबालिकाका लागि कुपोषणको जोखिम बढाउँछ, जसले पहिले नै खाना र सुरक्षित पानीको पहुँचमा कठिनाइको सामना गरिरहेको युनिसेफले जनाएको छ। 

बोलिभिया, कोलम्बिया, चिली र भेनेजुएलाका केही भागले जङ्ली आगोको बढ्दो जोखिमको सामना गरिरहेका छन्, भने अमेजन क्षेत्रमा नदीको सतह घट्दै जाँदा नदी किनारका समुदाय प्रभावित हुन सक्छन्।

युनिसेफकाअनुसार मेक्सिको र दक्षिण अमेरिकाको प्रशान्त तटमा बढ्दो वर्षाले बाढीको ठूलो जोखिम र विद्यालय र स्वास्थ्य पूर्वाधारमा क्षति पुर्याउनेछ।

एजेन्सीले क्युबा र हाइटीलगायतका देशहरुका लागि अझै बढी दुःखद् हुने चेतावनी पनि दिएको छ। एल निनोको प्रभाव यस वर्षको तीव्र प्रशान्त आँधीबेहरीको मौसममा पनि देखिएको जनाइएको छ।

मौसमी आँधीले व्यापक विनाश निम्त्याउनसक्ने उल्लेख गर्दै  लाखौँ बालबालिकाको जीवनमा बाधा पुर्याउनसक्ने बेनेसले जानकारी दिए। 

युनिसेफले ल्याटिन अमेरिकामा एल निनो आपतकालीन अवस्थाको सम्बोधन गर्नका लागि पाच करोड ३८ लाख डलरको माग गरेकामा जुन ३० सम्ममा आधा रकम मात्रै उठेको थियो।

 गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि अन्य संयुक्त राष्ट्रका एजेन्सीहरू जस्तै युनिसेफले पनि ठूलो रकम कटौतीको सामना गर्नुपरेको जनाइएको छ।

असोज १४, २०८३ बुधबार १४:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।