बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
काठमाडौं : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्य पदमा ६ जना नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला अन्तर्वार्तामार्फत योग्यताक्रमका आधारमा उनीहरूलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको छनोट प्रक्रियाबाट उनीहरूलाई नियुक्त गरिएको हो।
नियुक्त पाउनेहरूमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दीपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन्।
नवनियुक्त सदस्यहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा. डा. योगेन्द्रप्रसाद सिंहसमक्ष शपथ गराइएको थियो।
असोज ६, २०८३ मंगलबार १२:१४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।