“निर्वाचन अगाडि सुधनले केपी ओली भेटेका थिए”
काठमाडौं : जेनजी आन्दोलनको अगुवामध्येकी एक तनुजा पाण्डेले निर्वाचन अगाडि गृहमन्त्री सुधन गुरुङले एमाले अध्यक्ष केपी ओलीसँग भेटेको सार्वजनिक गरेकी छिन्।
निर्वाचनमा उनी उम्मेदवार बन्न चाहेको तर कसैले भाउ नदिएपछि जेनजीको पार्टी बनाउनेदेखि ओलीसम्म भेटेको र निर्वाचन हुन दिन्नौ भनेर धम्क्याएको उनले बताइन्।
एक पोडकास्टमा उनले ओली र गुरुङबीचको भेटमा भएको छलफलबारे थाहा नभएको तर भेट्न गएकोबारे जेनजी समूहका अधिकांशलाई जानकारी भएको खुलाइन्।
“भेट्नु समस्या हैन तर अरूलाई भड्काउने तर आफू लुकीलुकी भेट्ने। टिकट नपाउने भएपछि चुनावै हुन दिन्न भन्ने जस्तो सेल्फिस हुनु भएन।”
पछि सुधन रास्वपाबाट गोर्खामा उम्मेदवार बनेर जितेपछि गृहमन्त्री बनेका थिए। निर्वाचन अगाडि उनले सार्वजनिक रूपमै फागुन २१ मा निर्वाचनै हुन नदिने चेतावनी दिएका थिए। पोडकास्टमा तनुजाले जेनजी आन्दोलनपछि छलफलका लागि प्रधानसेनापति अशोकराज सिग्देलले अन्य जेनजी अगुवाहरूसँग भेट्नु अगाडि नै सुधनलाई भेटेको दाबी समेत गरिन्।
असोज ४, २०८३ आइतबार २१:४३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।