प्रसूति शल्यक्रियामा आधुनिक प्रविधि भित्र्याउने लक्ष्यसहित नेसोगको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं : नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (नेसोग) को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
इन्टरनेसनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपीसँगको सहकार्यमा शनिबार आयोजित सम्मेलनमा स्वदेश र विदेशका गरी करिब चार सय विशेषज्ञ चिकित्सक सहभागी भएका छन्।
महिला स्वास्थ्य र न्यूनतम चिरफार (मिनिमल्ली इन्भेसिभ) शल्यक्रियामा केन्द्रित सम्मेलनको उद्घाटन डा. सुधा शर्माले गरेकी थिइन्।
सम्मेलनमा नेपालमै पहिलो पटक प्रसूति तथा स्त्रीरोगको उपचारमा रोबोटिक सर्जरी, हिस्टेरोस्कोपी र ल्याप्रोस्कोपी जस्ता अत्याधुनिक शल्यक्रिया प्रविधि भित्र्याउने विषयमा बृहत् छलफल तथा क्लिनिकल अनुसन्धानहरू प्रस्तुत गरिएको थियो।
नेसोगका अध्यक्ष डा. दंगालका अनुसार सम्मेलनमा तीन सयभन्दा बढी नेपाली र एक सयभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको भौतिक तथा भर्चुअल उपस्थिति थियो।
सुरक्षित र आधुनिक शल्यक्रिया विधिलाई संस्थागत गर्ने उद्देश्य राखिएको यस सम्मेलनका अवसरमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूलाई ‘एफआइसीजी’ फेलोसिप समेत प्रदान गरिएको थियो।
असोज ३, २०८३ शनिबार १२:२०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।