किङ्स कलेजद्वारा ‘इम्प्याक्ट विक २०२६’ सम्पन्न, १०८ जना सहभागी
काठमाडौं : किङ्स कलेजले आफ्नो ‘इम्प्याक्ट विक २०२६’ नामक कोच नेतृत्वको विकास कार्यक्रम आयोजना गरेको छ। पाँच देशका ३६ जना कोचहरूको टोली र नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १०८ जना युवा सहभागीहरूको उपस्थितिमा कार्यक्रम भएको थियो।
डिजाइन थिंकिङमा आधारित यो कार्यक्रमको पहिलो चरण अन्तर्गत अगस्ट २६ देखि २८ सम्म तीन दिने प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो भने अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म मुख्य इम्प्याक्ट विक कार्यक्रम सम्पन्न भएको थियो।
किङ्स कलेजले सन् २०१९ मा पहिलोपटक नेपालमा भित्र्याएको यस कार्यक्रमले नेपाली युवाहरूलाई सामाजिक तथा नागरिक चुनौतीहरूको सामना गर्न व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। यस वर्ष हेटौँडा, मोरङ, वीरगन्ज, लुम्बिनी लगायत देशका विभिन्न क्षेत्रबाट १०८ जना सहभागीहरू काठमाडौं आएका थिए।
भदौ २१, २०८३ आइतबार १६:०४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।