गाउँको भूगोल मात्रै होइन, समाजको मनोविज्ञान पनि पढाउँछ ‘स्थानबोध’
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालको कृति ‘स्थानबोध’ शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा.डा. रामकुमार पाँडेले उक्त कृतिको विमोचन गरेका हुन्।
नवलपरासीको द्वारी गाउँलाई आधार बनाएर लेखिएको यस कृतिमा ग्रामीण समाजको भूगोल, मनोविज्ञान, संस्कृति, बसाइँसराइ, पारिस्थितिक प्रणाली र स्थानीय सञ्चार संस्कृतिका आयामहरू समेटिएका छन्। लेखक डा. अर्यालले आफ्नो जन्मस्थानको सेरोफेरोमार्फत समग्र देशको वस्तुस्थिति, आफ्ना अनुभूति र समाजसँगको सम्बन्धलाई कृतिमा उतार्ने प्रयास गरेको बताए।
विमोचन समारोहमा प्रा.डा. पाँडेले कृतिले एउटा गाउँमार्फत देशकै भूगोलको प्रतिनिधित्व गरेको बताए। कार्यक्रममा सहभागीहरूले भूगोल र पत्रकारिताको सम्मिश्रण रहेको यो कृतिले ग्रामीण जीवनको अध्ययन तथा विकासको अवधारणा बुझ्न सहयोग पुर्याउने धारणा राखेका थिए।
असोज २५, २०८३ आइतबार ११:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।