बाढी प्रभावितको सहयोगका लागि शहीद गंगालालका कर्मचारीले दुई दिनको तलब दिने
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरूले बाढी प्रभावितको सहयोगार्थ दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवन लगायतका विभिन्न क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीहरूले सहयोगको निर्णय गरेका हुन्।
केन्द्रका कार्यकारी निर्देशक डा. आशिष गोविन्द अमात्यका अनुसार सबै कर्मचारीको दुई दिनको तलबबाट करिब ३२ लाख रुपैयाँ संकलन हुनेछ। केन्द्रका कर्मचारीहरूसँगको छलफलपछि नै उक्त सहयोग गर्ने निर्णय लिइएको उनले जानकारी दिए।
यसैगरी बाढीका कारण नियमित उपचार तथा औषधि सेवनमा कठिनाइ हुन सक्ने अवस्थालाई समेत मध्यनजर गर्दै दीर्घकालदेखि नियमित औषधि सेवन गरिरहेका बिरामी, मुटु रोगी तथा अन्य हृदयसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिको उपचारमा आवश्यक सहयोग गर्ने समेत केन्द्र प्रतिबद्ध जनाएको छ।
भदौ ११, २०८३ बिहीबार १६:३२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।