दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गर्ने फ्रान्सको निर्णय
पेरिस : फ्रान्सले आफ्नो देशमा रहेका दुई जना इरानी कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ।
फ्रान्सका परराष्ट्रमन्त्री जाँ-नोएल बारोटले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस निर्णयको जानकारी दिएका हुन्।
यसअघि इरानले तेहरानस्थित फ्रान्सेली दूतावासका दुई कर्मचारीलाई इरान फर्किन रोक लगाएपछि फ्रान्सले यो जवाफी कदम चालेको हो।
बीबीसी पर्सियनका अनुसार, इरानी परराष्ट्र मन्त्रालयले गत सोमबार जुलाई महिनामा भएको कूटनीतिक विवादका कारण ती दुई फ्रान्सेली कर्मचारीलाई इरान फर्कन अनुमति नदिइने स्पष्ट पारेको थियो।
गत जुलाई २० मा फ्रान्सका परराष्ट्रमन्त्रीले इरानी सुरक्षा बलहरूले फ्रान्सेली दूतावासका कर्मचारीहरूलाई ‘डराउने र धम्क्याउने’ काम गरेको आरोप लगाएका थिए।
यता इरानले भने फ्रान्समाथि आफ्नो देशको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको र प्रभाव पार्न खोजेको आरोप लगाउँदै आएको छ।
भदौ ३, २०८३ बुधबार ११:३७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।