वीर अस्पतालको निर्देशकमा डा. नेपालसहित दुई सहायक निर्देशक नियुक्त

वीर अस्पतालको निर्देशकमा डा. नेपालसहित दुई सहायक निर्देशक नियुक्त

काठमाडौं : वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन् भने सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसी नियुक्त भएका छन्। 

उनीहरू तीनै जना वीर अस्पतालमा कार्यरत चिकित्सक हुन्। प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रो सर्जन डा. नेपाल अस्पतालमा ११औँ तहका चिकित्सक हुन्। 

सहायक निर्देशकमा नियुक्त भएका डा. लामिछाने पनि ११औँ तहका प्रमुख कन्सल्टेन्ट प्लाष्टिक सर्जन हुन् भने डा. जिसी ११औँ तहकै प्रमुख कन्सल्टेन्ट इनएनटी सर्जन हुन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनको व्यवस्था अनुसार प्रतिष्ठानका उपकुलपति डा. विवेक आचार्यको सिफारिसमा प्रतिष्ठानकी सहकुलपति समेत रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निसा मेहताले उनीहरूलाई बिहीबार नियुक्त गरेकी हुन्।

साउन २८, २०८३ बिहीबार २०:४८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।