कर्णालीमा मन्त्रिपरिषद् विस्तारको तयारी: मुख्यमन्त्री शाही भन्छन्- 'केही दिनमा पूर्णता पाउँछ'
कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीन बुँदे सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको शाहीले बताए। उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।”
सातै प्रदेशमा तीन बुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ। मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट गरे।
एमालेको समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
साउन २४, २०८३ आइतबार १३:३९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।