नेपाल टेलिकमको बक्यौता भुक्तानीमा जरिवाना छुट

नेपाल टेलिकमको बक्यौता भुक्तानीमा जरिवाना छुट

काठमाडौं : नेपाल टेलिकमले कम्पनीका दूरसञ्चार सेवा प्रयोगकर्ताहरूका लागि बक्यौता महसुल भुक्तानी गर्दा लाग्ने जरिवानामा छुट दिने घोषणा गरेको छ।

टेलिकमले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता रकम आगामी २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको हो।

कम्पनीले नजिकैको दूरसञ्चार कार्यालयमा गई बाँकी बक्यौता रकम बुझाउन सम्बन्धित सबै ग्राहकहरूलाई आग्रह गरेको छ।

यसका साथै तोकिएको समयावधिसम्म पनि बाँकी बक्यौता नबुझाउने ग्राहकहरूको नामसहितको विवरण नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा पत्रपत्रिका मार्फत सार्वजनिक गरी असुली प्रक्रिया अगाडि बढाइने चेतावनी समेत कम्पनीले दिएको छ।

साउन २०, २०८३ बुधबार १७:५१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।