भारतीय अभिनेत्री शिल्पा सेट्टीको पछिपछि नेपाली ‘मुन्नी’
काठमाडौं : गत शुक्रबार बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्टी कुन्द्रा नेपाल आइन्। उनी भारतको १३ औँ ईएमएफ एसीई ग्लोबल सम्मेलन तथा सम्मान समारोहमा सहभागी हुन काठमाडौँ आइन्।
साउन १५ देखि १७ गतेसम्म सोल्टीमा हुने सम्मेलनमा आएको मौकामा उनी पशुपति मन्दिर पुगेर शिवको दर्शन गरिन्। मन्दिरमा उनीसँगै नेपाली कलाकार हाँस्यटेलिश्रृंखला ‘सक्किगोनी’बाट चर्चामा आएकी मुन्नी अर्थात् प्रियना आचार्य पनि थिइन्।
शिल्पासँगै पशुपतिनाथको दर्शन गरेकी मुन्नीले शिल्पासँगका केही फोटोहरू सार्वजनिक गरिन्। अनि ‘शिल्पा शेट्टी कुन्द्रासँगै भगवान् पशुपतिनाथको आशीर्वाद लिने अवसर पाउनु मेरा लागि साँच्चै ठूलो सम्मानको कुरा थियो, लेखिन्।
साउन १७, २०८३ आइतबार २०:३४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।