डा गोविन्द केसीसँग वार्ता गर्न धनगढी पुगे शिक्षा सचिव पौडेल
काठमाडौं : अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ। सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुगेका छन्।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए। सचिव पौडेलले डा केसीसँग प्रत्यक्ष संवाद गरी उनले उठाएका मागबारे छलफल गर्नेछन्।
यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए। त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ। सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो।
साउन ९, २०८३ शनिबार १९:०१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।