धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि के–के माग अझै बाँकी छन्?

धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि के–के माग अझै बाँकी छन्?

एजेन्सी : शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि पनि ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना अन्य प्रमुख मागहरू पूरा नभएसम्म दिल्लीको जन्तर मन्तरमा जारी विरोध प्रदर्शन नरोकिने जनाएको छ।

सीजेपीले सामाजिक सञ्जाल 'एक्स' मार्फत आफ्नो अध्यावधिक मागपत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानको राजीनामाको माग पूरा भएको पूरा भएको जनाउँदै अन्य मागहरू अझै सम्बोधन हुन बाँकी रहेको भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

पार्टीले आत्महत्या गरेका विद्यार्थीका परिवारलाई प्रति परिवार १ करोड रुपैयाँ क्षतिपूर्ति दिइनुपर्ने, प्रदर्शनकारी विद्यार्थीहरूमाथि कुनै कानुनी वा अनुशासनको कारबाही हुन नहुने, र र्यापिड एक्सन फोर्स तथा दिल्ली प्रहरीले सार्वजनिक माफी माग्नुपर्ने माग दोहोर्याएको छ।

सीजेपीले आफ्ना बाँकी माग पूरा नभएसम्म जन्तर–मन्तरमा भइरहेको आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

साउन ९, २०८३ शनिबार १६:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।