२६ दिनपछि सोनम वाङचुकले मध्यरात अनशन तोडे

२६ दिनपछि सोनम वाङचुकले मध्यरात अनशन तोडे

काठमाडौँ : लद्दाखका चर्चित वातावरणविद् तथा समाजसेवी सोनम वाङचुकले २६ दिन लामो आफ्नो आमरण अनशन अन्ततः तोडेका छन्।

केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा 'एपिक्स बडी अफ लेह लद्दाख' का वरिष्ठ नेताहरूको उपस्थितिमा उनले बिहीबार मध्यरात आफ्नो अनशन तोडेका हुन्।

यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई भेटेर वा पत्रमार्फत हस्ताक्षर गरी अनशन तोड्न आग्रह गरेका थिए।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा जानकारी दिँदै वाङचुकले विभिन्न सर्तहरूमा लामो वार्तापछि र देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णयमा पुगेको बताएका छन्। उनले ती सर्तहरूबारे चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी गराउने बताएका छन्।

यसैबीच, उनले आफ्ना समर्थक तथा सर्वसाधारणलाई कुनै पनि किसिमको हिंसा हुन नदिनका लागि सधैँ सतर्क र सजग रहन विशेष अपिलसमेत गरेका छन्।

उनले अनशन तोडेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटबाटै उनको स्वास्थ्यमा चाडै सुधारको शुभकामना दिएका थिए। त्यस भन्दा अगाडि मोदीले भिडियो सन्देश जारी गरेर पेपर लिकबारे आगामी मन्त्रिपरिषद्ले महत्वपूर्ण निर्णय गर्ने बताएका थिए।

कक्रोच जनता पार्टीको तर्फबाट युवाको मागका लागि आफ्नो ज्यान दाउमा लगाएर साथ दिएकोमा वाङचुकलाई धन्यवाद दिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजिनामा नआएसम्म आन्दोलन नरोकिने बताएको छ।

साउन ८, २०८३ शुक्रबार ०२:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।