अस्पतालमा संक्रमण नियन्त्रणका लागि छुट्टै मापदण्ड बनाउन अफिनको माग
काठमाडौं : अस्पतालमा हुने संक्रमणका कारण बिरामीमा जोखिम निम्तिन सक्ने भएकाले जोखिमको न्यूनीकरणका लागि सरकारले मापदण्ड बनाउनुपर्ने आवश्यकता रहेको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले जनाएको छ।
सोमबार एक पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० लगायतका स्वास्थ्यका ऐन तथा नियमहरू संशोधन गरेर अस्पतालमा हुने संक्रमणका कारण बिरामीमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि ठोस मापदण्ड बनाउन आवश्यक रहेको अफिनका अध्यक्ष डा. पदम बहादुर खड्काले बताए।
"अस्पतालबाट हुने संक्रमणको रोकथाम र न्यूनीकरणका लागि ठोस मापदण्ड नभएकाले बिरामी र बिरामी पक्षको हितका लागि यो मापदण्ड बनाउन जरुरी छ," उनले भने।
राजेन्द्रराज पौडेलको संयोजकत्वमा गठित सात सदस्यीय समितिले स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नति मापदण्डबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको अफिनले अस्पतालमा हुने संक्रमणको न्यूनीकरण लगायत धेरै वटा विषयमा मापदण्ड संशोधन गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताएको छ।
त्यसैगरी निजी अस्पतालहरूले स्वास्थ्यमा दश प्रतिशतको छुटको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन अटेर गरेका निजी अस्पतालले बिरामीलाई नै थपिने थप तीन प्रतिशत समता करको भारलाई भने कार्यान्वयनमा लाएका छन्।
साउन ४, २०८३ सोमबार १९:१८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।