उकेराकर्मी खड्कालाई मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता फेलोसिप
काठमाडौं : उकेराकर्मी उपेन्द्र खड्काले तीन लाख रुपैयाँ राशिको मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पाएका छन्।
शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर आयोजक संस्थाले यस वर्षको अध्ययनवृत्तिका लागि खड्कालाई छनोट गरिएको घोषणा गरेको हो।
नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन (एनआइसीआरएफ) र एरिटे हेल्थसायन्सेसको संयुक्त पहलमा सुरु भएको अध्ययनवृत्ति स्वास्थ्य पत्रकारका लागि प्रदान गरेको यो पहिलो फेलोसिप हो।
छ महिना अवधिको 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति'का लागि स्वास्थ्य विधामा कलम चलाउने २१ जना पत्रकारले आवेदन दिएका थिए।
स्वास्थ्य पत्रकारिताप्रति देखाएको समर्पण, तथ्यमा आधारित खोजमूलक पत्रकारिताप्रतिको प्रतिबद्धता र जनस्वास्थ्यका महत्त्वपूर्ण विषयलाई उजागर गर्ने सम्भावनाको मूल्याङ्कन गरेर खड्कालाई फेलोसिपका लागि छनोट गरिएको आयोजक संस्थाले जनाएका छन्।
असार २०, २०८३ शनिबार २१:२०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।