निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले न्युनतम् पारिश्रमिक नपाएको भन्दै श्रम विभागले दियो कार्वाहीको चेतावनी

निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले न्युनतम् पारिश्रमिक नपाएको भन्दै श्रम विभागले दियो कार्वाहीको चेतावनी

काठमाडौँ : अस्पतालहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा आपूर्ति गरिएका श्रमिकहरूलाई ओभर टाइम बापतको पारिश्रमिक नदिइएको भेटिएको भन्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कार्वाहीको चेतावनी दिएको छ।

निजी अस्पताल र बैंकको अनुगमनका क्रममा लगातार लामो समय काममा लगाउने र सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाइएको भन्दै विभागले तोकिएको समयभित्र सुधार नगरे कार्वाहीको चेतावनी दिएको हो।

बैङ्क तथा वित्तीय संस्थाहरूमा आपूर्ति गरिएका सुरक्षाकर्मी र श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक नदिने, धेरै घण्टा काम लगाउने र चाडपर्व खर्च समेत उपलब्ध नगराएको गुनासो आएपछि विभागले ती संस्थाहरूलाई प्रचलित कानुनी व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको थियो।

विभागले २०८२ साल साउनदेखि २०८३ साल जेठ मसान्तसम्म तीन हजार २ सय ६७ वटा प्रतिष्ठानहरूको श्रम निरीक्षण गरेको छ। सोही अवधिमा तीन हजार एक सय ३७ प्रतिष्ठानमा बाल श्रम निरीक्षण गरिएको र तीन हजार ३ सय ९० वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएको विभागले जानकारी दिएको छ।

असार ११, २०८३ बिहीबार १९:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।