सिभिल अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

सिभिल अस्पतालमा छ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

काठमाडौं : नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ। 

विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले जानकारी दिए। 

“सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उनले भने, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ।” 

सिभिलअस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। 

असार ७, २०८३ आइतबार १४:१४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।