अमेरिका र इरानबिच युद्ध अन्त्यको घोषणा, ६० दिनभित्र सबै प्रतिबन्ध हट्न सक्ने
काठमाडौँ : लामो समयको तनाव र सैन्य मुठभेडपछि संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति भएको छ। मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले एक विज्ञप्ति जारी गर्दै दुई देशबिच शान्ति कायम गर्ने सहमति भएको औपचारिक घोषणा गरेका हुन्।
यस सहमतिलाई विश्व राजनीतिमा एउटा ठुलो कूटनीतिक सफलताको रूपमा हेरिएको छ।
सम्झौताको मस्यौदा तयार पार्न कतारी मध्यस्थकर्ताहरूले तेहरानमा झन्डै १५ घण्टा लामो वार्ता गरेका थिए। इरानी उपविदेशमन्त्रीका अनुसार 'इस्लामाबाद समझदारी पत्र' को मस्यौदालाई अन्तिम रूप दिन आइतबार कतारी प्रतिनिधिमण्डल तेहरान पुगेको थियो।
सोमबार इरानी सरकारी सञ्चारमाध्यमसँग बोल्दै घरिबाबादीले भने, "यो प्रक्रिया लामो र जटिल थियो, तर अन्ततः हामी एउटा विन्दुमा आइपुगेका छौँ।"
सम्झौताका मुख्य बुँदाहरू
सम्झौतामा लेबनानसहित सबै मोर्चामा जारी सैन्य कारबाहीहरू तत्काल रोकिने, विश्वकै महत्त्वपूर्ण तेल मार्ग मानिने 'होर्मुज स्ट्रेट' पुनः सञ्चालनमा आउनेछ, जसले विश्व बजारमा तेलको आपूर्ति सहज बनाउने, आगामी शुक्रबार स्विट्जरल्यान्डमा दुई देशबिच आधिकारिक रूपमा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।
आगामी ६० दिनसम्म चल्ने वार्तामा इरानविरुद्धका आर्थिक प्रतिबन्धहरू हटाउने विषयमा विस्तृत छलफल हुनेछ। सम्झौताको पूर्ण विवरण सार्वजनिक हुन बाँकी भए पनि यसले विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हटाउने विषयमा विस्तृत छलफल हुनेछ। सम्झौताको पूर्ण विवरण सार्वजनिक हुन बाँकी भए पनि यसले विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
असार १, २०८३ सोमबार ०९:४५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।