इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, अन्तर्राष्ट्रिय समुदायद्वारा संयमता अपनाउन आग्रह

इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, अन्तर्राष्ट्रिय समुदायद्वारा संयमता अपनाउन आग्रह

काठमाडौं : इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ।

गत अप्रिलको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ।

इजरायली सेनाले इरानले प्रहार गरेका अधिकांश मिसाइलहरूलाई आकाशमै सफलतापूर्वक नष्ट गरिएको दाबी गर्दै जुनसुकै बेला जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानले भने यसलाई निरन्तर प्रहारको सुरुवात बताएको छ।

यो तनावको मुख्य कारण आइतबार इजरायलले लेबनानको बेरुतस्थित हिजबुल्लाहका सैन्य अखडाहरूमा गरेको हवाई आक्रमणलाई मानिएको छ।

हाल सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाले जेरुसेलमस्थित आफ्नो दूतावास बन्द गरेको छ भने इजरायलले गाजा क्षेत्रका रफाह र केरेम शालोम लगायतका नाकाहरू पुनः बन्द गरिदिएको छ।

यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरान दुवै पक्षलाई थप तनाव नबढाई वार्ताको टेबुलमा फर्कन आग्रह गरेका छन्।

त्यस्तै, बेलायती विदेश सचिव यभेट कुपर लगायतका अन्तर्राष्ट्रिय समुदायले तत्काल तनाव कम गर्न र संयमता अपनाउन दुवै पक्षसँग अपिल गरेका छन्।

जेठ २५, २०८३ सोमबार ०७:५७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।