इजरायल र हिजबुल्लाहबीच आक्रमण रोक्ने अमेरिकी प्रस्तावमा सहमति

इजरायल र हिजबुल्लाहबीच आक्रमण रोक्ने अमेरिकी प्रस्तावमा सहमति

एजेन्सी : हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने र इजरायलले पनि बेरुतमाथि हमला रोक्ने सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गरेको छ। यस कुराको जानकारी लेबनानका तर्फबाट दिइएको हो।

अमेरिकास्थित लेबनानी दूतावासका अनुसार हिजबुल्लाहले दुवै पक्षबाट आक्रमण रोक्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको पुष्टि भएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि यस सहमतिको पुष्टि गरेका छन्। तर, उनले चेतावनी दिँदै भनेका छन्, ‘यदि हिजबुल्लाहले हाम्रा सहर र सर्वसाधारणमाथि आक्रमण रोकेन भने बेरुतमाथि हाम्रो हमला जारी रहनेछ।’

सोमबार अबेर राति लेबनानी दूतावासले जानकारी दिए अनुसार, ‘यस प्रस्ताव अन्तर्गत इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण बन्द गर्नेछ र त्यसको बदलामा हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने छैन। यो युद्धविराम पूरै लेबनानभरि लागू हुनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री नेतन्याहू र हिजबुल्लाहका प्रतिनिधिहरूसँग कुराकानी गरेको बताएपछि यो सहमति सार्वजनिक भएको हो। राष्ट्रपति ट्रम्पले दुवै पक्ष गोलाबारी रोक्न सहमत भएको जानकारी दिएका छन्।

जेठ १९, २०८३ मंगलबार ०८:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।