स्वास्थ्यमा एक खर्ब एक अर्ब ९५ करोड बजेट
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा कुल १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै स्वास्थ्य सेवाको सुधार र विस्तारका लागि उक्त बजेट प्रस्ताव गरेका हुन्।
प्रस्तुत बजेटमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि मात्र १५ अर्ब रुपैयाँ छुट्याइएको छ। नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र बीमा प्रणालीलाई थप व्यवस्थित बनाइने लक्ष्य राखिएको अर्थमन्त्रीले भनेका छन्।
जेठ १५, २०८३ शुक्रबार १७:४८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।