चिकित्सा शिक्षाका कोटा बढाइने

चिकित्सा शिक्षाका कोटा बढाइने

काठमाडौं : चिकित्सा, नर्सिङ, सूचना प्रविधिलगायत चिकित्सा शिक्षाका उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्।

उनले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै पारिश्रमिक सहितको इन्टर्नसिपलाई लागु गर्ने पनि बताए। यो बजेटले स्वास्थ्य सेवामा फड्को मार्ने विश्वास लिएको अर्थमन्त्री वाग्लेले बताएका छन्।

दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, डिजिटल स्वास्थ्य  प्रणाली तथा रिफरल सेवा सहितका आधारभूत सङ्घसंस्थालाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष लिएको उनले बताएका छन्।

जेठ १५, २०८३ शुक्रबार १७:४१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।