टिचिङ, न्याम्स र पाटन अस्पताल अब अन्तर्राष्ट्रिय विश्वविद्यालय

टिचिङ, न्याम्स र पाटन अस्पताल अब अन्तर्राष्ट्रिय विश्वविद्यालय

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणा गरेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यी तीन प्रमुख स्वास्थ्य निकायहरूलाई विदेशी विद्यार्थीलाई समेत चिकित्सा शिक्षा प्रदान गर्न सक्षम बनाइने बताए।

नेपालको चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने र शैक्षिक पर्यटनलाई बढवा दिने सरकारको लक्ष्य रहेको छ।

यसैगरी, स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाउन सरकारले स्वदेशमै औषधि उत्पादन गर्ने नीति लिएको छ। 

अर्थमन्त्री वाग्लेका अनुसार सरकारले सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराउँदै आएका औषधिमध्ये कम्तीमा २५ प्रकारका औषधिहरू नेपाल औषधि लिमिटेडमार्फत उत्पादन गरिनेछ। 

जेठ १५, २०८३ शुक्रबार १७:३४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।