स्वास्थ्य बीमाको व्यापक पुनःसंरचना गरिने र राष्ट्रिय ट्रमा नीति तर्जुमा गरिने

स्वास्थ्य बीमाको व्यापक पुनःसंरचना गरिने र राष्ट्रिय ट्रमा नीति तर्जुमा गरिने

काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले जनाएका छन्। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउने बताए।

स्वास्थ्य बीमाको सर्वव्यापिकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाल स्वास्थ्य बीमाको दायित्वमा आउने र व्यक्तिगत खर्चको कटौतीमा उल्लेख्य कटौती हुने उनले बताएका छन्।

राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी आकस्मिक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने प्रस्तुत बजेटमा उल्लेख छ।

सार्वजनिक साझेदारी (पब्लिक पार्टनरसिप) अन्तर्गत सातै वटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पतालका रूपमा तथा विशिष्टीकृत स्वास्थ्य सेवाका रूपमा रूपान्तरण गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ।

जेठ १५, २०८३ शुक्रबार १७:२६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।