तेलको मूल्य वृद्धिसँगै विश्व शेयर बजारमा भारी गिरावट

तेलको मूल्य वृद्धिसँगै विश्व शेयर बजारमा भारी गिरावट

एजेन्सी : तेलको मूल्यमा भएको वृद्धि र बढ्दो आर्थिक चिन्ताका कारण शुक्रबार विश्वका प्रमुख शेयर बजारहरूमा ठूलो गिरावट आएको छ।

विशेषगरी अमेरिकी बजारका प्रमुख सूचकाङ्कहरू- एस एन्ड पी ५००, डाउ जोन्स र नास्डाक-उल्लेख्य रूपमा ओरालो लागेका छन्।

यस गिरावटको मुख्य असर प्रविधि क्षेत्रमा देखिएको छ। पछिल्लो समय निकै फस्टाएको एआईसँग सम्बन्धित एनभिडिया र माइक्रोन टेक्नोलोजी जस्ता कम्पनीहरूको शेयर मूल्यमा ४ देखि ६ प्रतिशतसम्म गिरावट आएको छ।

बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व र इरानसँगको तनावका कारण हर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्ति प्रभावित भएको छ। यसले कच्चा तेलको मूल्य बढाउनुका साथै मुद्रास्फीतिको दबाब थपेको छ।

तेलको मूल्य वृद्धिसँगै उत्पन्न आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू सशंकित हुँदा शेयर बजार दबाबमा परेको हो।

जेठ २, २०८३ शनिबार १३:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।