वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माद्वारा राजीनामा
काठमाडौं : वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
उकेरासँगको कुराकानीमा डा. शर्माले सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। ‘सरकारलाई सहयोग पुगोस् भनेर मैले हिजो मन्त्रालयमा राजीनामा बुझाएको हुँ’, उनले भने।
हालै जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का अन्य पदाधिकारीहरूलाई पदमुक्त गरे पनि वीर अस्पतालको निर्देशकलाई भने उक्त अध्यादेशले हटाएको थिएन।
यद्यपि, सरकारको कदममा साथ दिन र नयाँ व्यवस्थापनलाई मार्गप्रशस्त गर्न आफूले स्वेच्छाले पद त्याग गरेको डा. शर्माले बताएका छन्। डा. शर्मा सोही अस्पतालमा १०औं तहका कर्मचारी हुन्।
वैशाख २३, २०८३ बुधबार १३:०३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।