चिकित्सक संघको अध्यक्षमा डा. बद्री निर्वाचित
काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन्। डा. रिजालले तीन हजार एक सय ९६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. मंगल रावलले दुई हजार नौ सय ४० र डा. नारायण प्रसाद भुसालले आठ सय ६९ मत प्राप्त गरे।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिप तिवारी विजयी भएका छन्। उपाध्यक्ष (कोशी प्रदेश संयोजक) डा. रोशन खड्का, उपाध्यक्ष (मधेश प्रदेश संयोजक)मा डा. अमित रञ्जन मिश्र, उपाध्यक्ष (बागमती प्रदेश संयोजक)मा डा. सुवास भट्टराई, उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक)मा डा. यज्ञराज सिग्देल विजयी भएका छन्।
त्यस्तै उपाध्यक्ष (लुम्बिनी प्रदेश संयोजक)मा डा. नन्दा कुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक)मा डा. रबिन खड्का र उपाध्यक्ष (सुदूर पश्चिम प्रदेश संयोजक)मा डा. प्रमोद जोशी विजयी भएका छन्।
त्यसैगरी महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह-सचिवमा डा. हुलास अग्रवाल, सह-कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल निर्वाचित भएका छन्।
सदस्यहरूमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र शेषराज घिमिरे निर्वाचित भएका छन्।
वैशाख २२, २०८३ मंगलबार १९:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।