स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानिए
काठमाडौं : स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायमा दुरुपयोग भइरहेका सवारीसाधन मन्त्रालय तान्न थालेको छ।
मन्त्री निशा मेहताको निर्देशनपछि मापदण्डविपरीत प्रयोग भइरहेका गाडीहरू फिर्ता ल्याउन सुरु गरिएको हो।
कानुनअनुसार सहसचिव र सोभन्दा माथिका पदाधिकारीले मात्रै सरकारी सवारीसाधनको सुविधा पाउने व्यवस्था छ।
तर, सुविधा नपाउने तहका कर्मचारीले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको पाइएपछि मन्त्री मेहताले ती गाडी मन्त्रालयमै फिर्ता ल्याउन निर्देशन दिएकी थिइन्।
फिर्ता ल्याइएका सवारीसाधन हाल मन्त्रालय परिसरमै राखिएका छन्। अबदेखि आवश्यकताका आधारमा कानुनबमोजिम मात्रै कर्मचारीलाई गाडी उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
वैशाख १५, २०८३ मंगलबार ०७:४१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।