क्यान्सर उपचारलाई बिरामीसम्म पुर्याउन बीपी मेमोरियलमा छलफल
भरतपुर : नेपालमा क्यान्सर उपचारको गुणस्तर सुधार्न र विश्वस्तरीय अनुसन्धानलाई स्थानीय तहमा लागू गर्न विशेषज्ञहरूले जोड दिएका छन्। यसै साता भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजित एक दिने विशेष अन्कोलोजी सम्मेलनमा यस्तो जोड दिइएको हो।
देशभरका अन्कोलोजिस्ट, सर्जन र प्रशिक्षार्थीहरूको सहभागिता रहेको कार्यक्रममा द्रुत गतिमा विकसित भइरहेका वैज्ञानिक प्रमाणहरूलाई दैनिक चिकित्सा अभ्यासमा कसरी उतार्ने भन्नेबारे छलफल भएको थियो।
सम्मेलनमा सीमित स्रोत र साधनका बाबजुद अन्तर्राष्ट्रिय गाइडलाइनहरूलाई नेपालको सन्दर्भमा कसरी व्यावहारिक बनाउन सकिन्छ भन्ने विषयमा वक्ताहरूले जानकारी दिएका थिए।
सम्मेलनमा स्तन क्यान्सरको उपचारमा भएका पछिल्ला प्रगतिबारे विशेष सत्र सञ्चालन गरिएको थियो। सही 'ट्रिटमेन्ट सिक्वेन्सिङ' मार्फत बिरामीको आयु र जीवनस्तर दुवै सुधार्न सकिनेमा विज्ञहरू एकमत देखिए।
वैशाख १०, २०८३ बिहीबार २१:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।