मंगलबार ०२ असार, २०८३
७३ वर्षीय बुवाको लौरोले हानेर हत्या, छोरा पक्राउ
संखुवासभा : आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
भोटखोला गाउँपालिका–५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या आरोपमा २८ वर्षीय छोरा प्रेमकुमारलाई शनिबार विहान प्रहरीले पक्राउ गरेका छ।
घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको प्रहरी चौकी स्याक्सिलागोलाले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
माघ १४, २०७९ शनिबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।