बिहीबार ३२ असार, २०८३
सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुर्मी पक्राउ
बर्दिया : सवारी ज्यान मुद्दामा फरार छविलाल कुर्मी पक्राउ परेका छन्। बर्दिया राजापुरका कुर्मीलाई पक्राउ गरेर जिल्ला अदालत बर्दियामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
कुर्मीलाई सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतले २०६८ फागुन १ गते ११ दिन कैद सजायको फैसला गरेको थियो। उनलाई इलाका प्रहरी कार्यालय बर्दियाको टोलीले राजापुर नगरपालिकाबाट पक्राउ गरेर बर्दिया जिल्ला अदालत गुलरियामा उपस्थित गराइएको जनाएको छ।
चैत २७, २०७७ शुक्रबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।