घोप्टेभिरमा सुक्खा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा सुक्खा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर

नारायणगढ : चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा सोमबार बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए। पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले जानकारी दिए। 

कात्तिक २३, २०८३ सोमबार ०७:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।