मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

चितवन : पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड सोमबार चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।

मझिमटारस्थित निर्माणाधीन आकासेपुलमा ‘गर्डर’ (यात्रु आवागमन गर्ने मुख्य भाग) राख्नका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।

नागढुङ्गा-मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार निर्माण कार्यका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

सडक बन्द रहने समयमा धैर्यताका साथ लेन अनुशासन कायम राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आयोजनाले सवारी चालक तथा यात्रुहरूसँग अनुरोध गरेको छ।

साथै, आवागमन अवरुद्ध हुँदा यात्रुवर्गमा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमायाचना समेत गरेको छ।

कात्तिक १६, २०८३ सोमबार ०७:४१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।