पेपर लिकमा एक जना मात्र पक्राउ, पक्राउ परेका सन्दीपको भूमिका भने खुलेन
काठमाडौं : स्नातकोत्तर तहको एमबिएको परीक्षा पत्र सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेको दाबी गरिए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनाको मात्र नाम र विवरण सार्वजनिक गरेको छ। सिआइबीले आइतबार बेलुका साउन ८ को भुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय तर्फको एमबिएको पहिलो सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा कैलालीका ३३ वर्षका संदिप सिंहको नाम सार्वजनिक गरेको हो।
सिआइबीका अनुसार उनलाई प्रश्न पत्रको गोपनीयता भङ्ग गरेको आरोपमा पक्राउ गरिएको हो। कैलाली घोडाघोडीका उनी भक्तपुरको मध्यपुर थिमीमा बस्दै आएका थिए।
परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्न पत्र ह्वाट्सएप समूहबाट बाहिरिएको खुले पनि पक्राउ परेका सिंहको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन। प्रहरीले यसबारे थप अनुसन्धान कार्य जारी रहेको मात्र विवरण सार्वजनिक गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले आइतबार विहानैबाट यस प्रकरणमा २ जना पक्राउ परेको दाबी गरेको थियो। मन्त्रि पोखरेलले समेत पत्रकार सम्मेलनबाट पक्राउको संख्या २ नै रहेको दाबी गरेका थिए।
साउन १०, २०८३ आइतबार २२:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।