द ब्रिटिस कलेजलाई बेलायतको बिएसी मान्यता
काठमाडौँ : द ब्रिटिस कलेजले बेलायतस्थित प्रतिष्ठित ब्रिटिस एक्रिडिटेसन काउन्सिलबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। बिएसी विश्वभरका स्वतन्त्र उच्च शिक्षा संस्थाहरूको शैक्षिक गुणस्तर, व्यवस्थापन, विद्यार्थी सेवा तथा समग्र शैक्षिक वातावरणको कठोर मूल्याङ्कन गर्ने एक विश्वसनीय अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण संस्था हो।
यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता पाउने द ब्रिटिस कलेज नेपालकै पहिलो र एकमात्र कलेज रहेको उसको दाबी छ। यसले कलेजको शिक्षण प्रणाली, विद्यार्थी सहायता, व्यवस्थापकीय पक्ष र गुणस्तरीय शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको रहेको पुष्टि गर्ने कलेजले बताएको छ।
उत्कृष्ट शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम, प्राध्यापक एवं शिक्षकहरूको उच्च योग्यता, प्रभावकारी विद्यार्थी सहायता सेवा र भौतिक पूर्वाधार, अत्याधुनिक अनलाइन शिक्षण व्यवस्था र विद्यार्थीहरूको रोजगारीसम्बन्धी सहायता प्रणाली भएमा मात्र कलेजले यो उपाधि पाउन सक्छ।
कलेजले यो मान्यता प्राप्त गरेसँगै यहाँ अध्ययनरत र भविष्यमा भर्ना हुने विद्यार्थीहरूले आफूले ग्लोबल स्टाण्डर्डको शिक्षा पाइरहेको कुरामा पूर्ण विश्वस्त हुन सक्छन्। बिएसी मान्यता प्राप्त संस्थाबाट उत्पादित जनशक्ति र उनीहरूको शैक्षिक प्रमाणपत्रको विश्वसनीयता एवं अन्तर्राष्ट्रिय बजारमा यसको मान्यता अझ बढी बलियो र उच्च हुने कलेजले बताएको छ।
हाल द ब्रिटिस कलेजले बेलायतका स्थापित विश्वविद्यालयहरूसँगको प्रत्यक्ष सहकार्यमा नेपालमै व्यवस्थापन, कम्प्युटिङ, साइबर सेक्युरिटी र आर्टिफिसियल इन्टेलिजेन्सको कक्षा सञ्चालन गरिरहेको छ।
“ब्रिटिस एक्रिडिटेसन काउन्सिल जस्तो विश्वविख्यात संस्थाबाट मान्यता पाउनु द ब्रिटिस कलेजको लागि मात्र नभएर समग्र नेपालकै उच्च शिक्षा क्षेत्रको छवि अन्तर्राष्ट्रिय जगतमा उकास्नका लागि एउटा महत्वपूर्ण र गौरवपूर्ण उपलब्धि हो” कलेजले भनेको छ।
असार ८, २०८३ सोमबार १५:१५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।