हेजबुल्लाह विरुद्धको अप्रेसन जारी राख्ने इजरायलको घोषणा

हेजबुल्लाह विरुद्धको अप्रेसन जारी राख्ने इजरायलको घोषणा

एजेन्सी : इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू भएको अवस्थामा पनि दक्षिणी लेबनानमा विद्रोही समूह हेजबुल्लाह विरुद्धको सैन्य अप्रेसन जारी राख्ने जनाएको छ।

हेजबुल्लाहको पछिल्लो ड्रोन आक्रमणमा एक बटालियन कमान्डरसहित चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलले सुरक्षा चुनौती र युद्धविरामको उल्लङ्घनलाई स्वीकार नगर्ने भन्दै कारबाही जारी राख्ने कुरामा जोड दिएको छ।

प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतराहरू हटाउन, हेजबुल्लाहको उल्लङ्घनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कारबाही जारी राख्ने जनाए। हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेना माथि आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो।

डेफ्रिनले हेजबुल्लाहले पछिल्लो समयमा युद्धविरामको उल्लङ्घन गरी नागरिक र सैन्य कर्मचारीलाई लक्षित गरी सयौं ड्रोन र रकेट आक्रमण गरेको जनाए। लेबनानमा विद्रोही समूहले युद्धविराम उल्लङ्घन गरी ड्रोन आक्रमण गरेपछि दक्षिणी लेबनानमा आइडिएफ ट्याङ्क बटालियनका कमान्डर र अन्य तीन सैनिकको मृत्यु भएपछि इजरायली सेनाले बेका उपत्यकामा हेजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाइएको छ। 

आक्रमणको केही समयपछि, यस क्षेत्रमा तनाव कम गर्ने प्रयास स्वरूप इजरायल र हेजबुल्लाह बीच नयाँ युद्धविराम सम्झौता भएको जनाइएको छ। सिएनएनले वार्तासँग परिचित धेरै स्रोतहरूलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहले युद्धविराम पुनर्स्थापित गर्ने सम्झौतामा पुगेको जनाएको छ। 

स्रोतहरूलाई उद्धृत गर्दै सिएनएनले यो सम्झौता संयुक्त राज्य अमेरिका र कतारको संयुक्त मध्यस्थता प्रयास मार्फत भएको थियो। दुई पक्षबिच युद्धविरामको घोषणा भएको केही क्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा विद्रोही समूहसँग इजरायली पक्षलाई युद्धविराममा सहमत हुन आग्रह गरेको बताए। 

असार ६, २०८३ शनिबार १४:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।