असममा भारतीय वायु सेनाको विमान दुर्घटना

असममा भारतीय वायु सेनाको विमान दुर्घटना

एजेन्सी : भारतीय वायु सेनाको ‘एएन-३२’ परिवहन विमान शनिबार उत्तरपूर्वी राज्य असमको जोरहाटमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। 

आसामको राजधानी दिसपुरबाट करिब २९८ किलोमिटर उत्तरपूर्वमा रहेको वायु सेनाको स्टेसनमा अवतरणको प्रयास गर्दा उक्त दुर्घटना भएको थियो। अहिलेसम्म दुर्घटनामा हताहत भएको कुनै रिपोर्ट सार्वजनिक गरिएको छैन।

तर, सेनाले घटनाको उच्चस्तरीय छानबिनका लागि निर्देशन दिएको छ। सैन्य अधिकारीहरूले दिएको जानकारी अनुसार दुर्घटनाको कारण हालसम्म पत्ता लागिसकेको छैन।

कार्गो र सैन्य सामग्री ढुवानी आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बोप्रप विमान दुर्घटना लगत्तै वरिष्ठ सैनिक अधिकारीसहितको उद्धार टोली र अग्नि नियन्त्रकहरू घटनास्थलमा खटिएका छन्। 

जेठ ३०, २०८३ शनिबार १५:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।