दिल्लीमा ‘सीजेपी’ को प्रदर्शनलाई लिएर उच्च सुरक्षा सतर्कता, जन्तर-मन्तर जाँदै अभिजित
एजेन्सी : केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’(सीजेपी)ले शनिबार नयाँ दिल्लीको जन्तर-मन्तरमा गर्न लागेको प्रदर्शनलाई लिएर सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा रहेका छन्।
अमेरिकाबाट दिल्ली उत्रिएपछि दीपकेले परीक्षामा भएको भनिएको धाँधलीका कारण पाँच जना विद्यार्थीले आत्महत्या गरेको उल्लेख गर्दै शिक्षा मन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। उनी जन्तर-मन्तरतर्फ प्रस्थान गरिसकेका छन्।
प्रदर्शनको घोषणासँगै दिल्ली पुलिसले कडा सुरक्षा प्रबन्ध मिलाएको छ। नयाँ दिल्ली क्षेत्रलाई १२ वटा क्षेत्र (जोन) मा विभाजन गरी करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
देशका विभिन्न राज्यबाट ठूलो संख्यामा विद्यार्थी, लोकसेवा तथा अन्य परीक्षाको तयारी गरिरहेका युवा र आम नागरिक प्रदर्शनमा सहभागी हुन दिल्ली आइपुग्ने प्रहरीको अनुमान छ।
सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवास वरपरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।
प्रहरी स्रोतका अनुसार यो प्रदर्शनबारे पहिले कुनै औपचारिक सूचना नदिइएकाले सुरक्षा एजेन्सीहरूले सामाजिक सञ्जालमा प्रसारित पोस्ट र सन्देशका आधारमा रणनीति तयार पारेका थिए।
स्थिति नियन्त्रण बाहिर नजाओस् भन्नका लागि दिल्ली पुलिसका वरिष्ठ अधिकारीहरूले उच्चस्तरीय समीक्षा बैठक समेत गरेका छन्।
यस प्रदर्शनलाई केही राजनीतिक समूहहरूले समर्थन गर्न सक्ने भन्दै गुप्तचर निकायहरूले पनि नेताहरूको गतिविधिमाथि निगरानी गरिरहेका छन्।
सीजेपीले भारतीय संविधानले दिएको अधिकार प्रयोग गर्दै आज बिहान १० बजेदेखि जन्तर-मन्तरमा शान्तिपूर्ण प्रदर्शन सुरू भएको छ। उनीहरूले आफ्ना समर्थकहरूलाई ठूलो संख्यामा उपस्थित हुन अपिल गरेका छन्।
जेठ २३, २०८३ शनिबार १०:३३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।