ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिल्ली उत्रिँदै, विमानस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिल्ली उत्रिँदै, विमानस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

एजेन्सी : सामाजिक सञ्जालमा चर्चित ‘ककरोच जनता पार्टी’ (सीजेपी)का संस्थापक अभिजीत दीपके शनिबार बिहान नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछन्।

उनी आउन लागेसँगै विमानस्थल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

दिल्ली उत्रिएलगत्तै उनी जन्तर-मन्तरको प्रदर्शनमा जाने भनिएको छ। उनले यो आन्दोलनलाई शान्तिपूर्ण र संयमित बनाउन अपिल गर्दै समर्थकहरूलाई आफूसँगै किताब र राष्ट्रिय झण्डा ल्याउन भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले यो आन्दोलनलाई प्रेम र शान्तिपूर्वक अगाडि बढाउनुपर्छ। प्रहरीहरूलाई फूल दिनुहोला, यो हाम्रो करुणा र कृतज्ञताको प्रतीक हुनेछ।’

यसअघि सीजेपीका प्रवक्ता सौरव दासले दीपके विमानस्थलबाट अन्य कार्यकर्ताहरूसहित पार्लियामेन्ट स्ट्रिट प्रहरी चौकी जाने जानकारी दिएका थिए।

सीजेपीको आधिकारिक इन्स्टाग्राम पेजमा जन्तर-मन्तरतर्फ प्रस्थान गरिरहेका समर्थकहरूका भिडियोहरू पनि साझा गरिएका छन्।

जेठ २३, २०८३ शनिबार ०८:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।