बज्राचार्यले सम्हाले त्रिविको दैनिक कार्यभार
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाह 'बालेन'ले बिहीबार गरेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी उनलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो।
जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले राजीनामा दिएका थिए।
वैशाख ३१, २०८३ बिहीबार १८:५९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।