“ए लेभल’ पढे उच्च शिक्षाका लागि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पुर्‍याउन मद्दत गर्छ”

“ए लेभल’ पढे उच्च शिक्षाका लागि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पुर्‍याउन मद्दत गर्छ”

कास्की : गण्डकी प्रदेशको शैक्षिक केन्द्र पोखरामा विश्वस्तरीय शिक्षाको पहुँच पुर्याउने उद्देश्यले कसमोस इन्टरनेसनल कलेजले 'ए लेभल'  कार्यक्रम सञ्चालन गरिरहेको छ। काठमाडौँस्थित 'द ब्रिटिस कलेज'को सह-संस्था र व्यवस्थापनमा सञ्चालित यो कलेजले क्याम्ब्रिज इन्टरनेसनल एजुकेसन (CIE) को पाठ्यक्रममार्फत विद्यार्थीलाई १६० भन्दा बढी देशमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।

पोखरामा ए लेभलको शिक्षालाई पुनर्स्थापित गर्दै कलेजले कसरी अन्तर्राष्ट्रिय मापदण्ड पछ्याइरहेको छ? यसै सन्दर्भमा कलेजका प्रोग्राम म्यानेजर प्रभात क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंश:

कसमोस इन्टरनेसनल कलेज र यहाँको ‘ए लेभल’ प्रोग्रामलाई कसरी परिचय गराउनुहुन्छ?

कसमोस इन्टरनेसनल कलेज, काठमाडौँको 'द ब्रिटिस कलेज'सँग प्रत्यक्ष सम्बद्ध संस्था हो। हामीले क्याम्ब्रिज विश्वविद्यालयको अन्तर्राष्ट्रिय हाई स्कुल शिक्षा अर्थात् 'ए लेभल' प्रोग्राम सञ्चालन गरिरहेका छौँ। यो दुई वर्षे कार्यक्रम यस्तो जग हो, जसले ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाका लागि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पुर्या उन मद्दत गर्छ। 

पोखरामा बिचमा ए लेभलको पढाइ केही सुस्त भएको थियो, जसलाई ब्रिटिस कलेजको व्यवस्थापनले पुनर्स्थापित गरेको छ। अहिले हामी दोस्रो शैक्षिक सत्रका लागि पूर्ण रूपमा तयार छौँ।

प्रचलित 'प्लस टु' र ‘ए लेभल’ मा के भिन्नता छ? विद्यार्थीले कसमोसलाई नै किन रोज्ने?

'ए लेभल' प्लस टु सरहको शैक्षिक योग्यता भए पनि यो पूर्णतः अन्तर्राष्ट्रिय स्तरको डिग्री हो। यसको पाठ्यक्रमले विद्यार्थीमा अध्ययन, अनुसन्धान र आलोचनात्मक सोचको विकास गराउँछ। हाम्रो कलेजमा प्रयोगात्मक शिक्षालाई विशेष जोड दिइन्छ। यहाँ बिजनेस पढ्ने विद्यार्थीले केवल सिद्धान्त मात्र पढ्दैनन्, उनीहरूले व्यावहारिक अभ्यास र 'केस स्टडी' मार्फत विषयवस्तुलाई बुझ्छन्। यो लेभल पूरा गरेपछि विद्यार्थीहरू विश्वव्यापी रूपमा छात्रवृत्तिका लागि स्वतः योग्य हुन्छन्।

शैक्षिक प्रदर्शन र कलेजको पूर्वाधार कस्तो छ?

हाम्रो शैक्षिक प्रदर्शन निकै उत्साहजनक छ। हाल हामीसँग विद्यार्थीको संख्या सीमित तर गुणस्तरीय छ, जसले गर्दा प्रत्येक विद्यार्थीमाथि व्यक्तिगत ध्यान दिन सम्भव भएको छ। कलेज पूर्णतः डिजिटल रिसर्च र ग्रुप डिस्कसनमा आधारित छ। हाम्रा शिक्षकहरू क्याम्ब्रिजबाट तालिम प्राप्त हुनुहुन्छ। हामीले कक्षाकोठाको चौघेराभन्दा बाहिर निस्केर लाइब्रेरी, ल्याब र खुल्ला वातावरणमा सिकाइलाई फैलाएका छौँ।

विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि कलेजले कस्ता अतिरिक्त गतिविधि गर्छ?

हामीले हरेक शुक्रवार विभिन्न शैक्षिक भ्रमण र 'एक्सपोजर' कार्यक्रम सञ्चालन गर्छौँ। विद्यार्थीहरूलाई आफैँ कार्यक्रम आयोजना गर्न प्रोत्साहित गरिन्छ, जसले उनीहरूको नेतृत्व क्षमता विकास गर्छ। साथै, हामी बाहिरका विज्ञहरूलाई बोलाएर अनुभव आदानप्रदान गराउँछौँ। आत्मविश्वास, नवीनता र सामाजिक उत्तरदायित्व क्याम्ब्रिज शिक्षाका मुख्य स्तम्भ हुन्, जसलाई हामीले प्राथमिकतामा राखेका छौँ।

यहाँ अध्ययन गरेका विद्यार्थीको भविष्य र सम्भावना कस्तो रहन्छ?

म आफैँ पनि ए लेभल ग्र्याजुएट हुँ, त्यसैले यसको सामर्थ्य मलाई राम्ररी थाहा छ। ब्रिटिस कलेजका विद्यार्थीहरूले हरेक वर्ष नेपाल टप गरिरहेका हुन्छन्। हाम्रा विद्यार्थीहरू विश्वको कुनै पनि कुनाका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छन्। ए लेभल सकिएपछि पनि कलेजले उनीहरूलाई मेन्टरशिप, करियर काउन्सिलिङ र सामाजिक कार्यमा जोड्न निरन्तर सहयोग गरिरहन्छ।

काठमाडौँ बाहिर ए लेभलका चुनौतीहरू के-कस्ता छन्? विशेषगरी सम्बन्धनका विवादहरू आइरहँदा?

चुनौतीहरू पक्कै छन्। विशेषगरी काठमाडौँ बाहिर अझै पनि 'ए लेभल' भनेको के हो भन्ने विषयमा अभिभावक र विद्यार्थीमा केही अलमल देखिन्छ। त्यसैले हामी स्कुल-स्कुल पुगेर यो एसइई पछिको अन्तर्राष्ट्रिय हाई स्कुल लेभलको पढाइ हो भनेर बुझाउँदै छौँ। जहाँसम्म विवादको कुरा छ, हामी स्पष्ट रूपमा अन्तर्राष्ट्रिय मापदण्ड र कानुनी दायरामा रहेर सञ्चालित छौँ। हाम्रा लागि सबैभन्दा ठूलो विज्ञापन र हतियार भनेकै विद्यार्थीको खुसी र उनीहरूको सकारात्मक प्रतिक्रिया हो।

अन्त्यमा, नयाँ शैक्षिक सत्रका लागि अभिभावक र विद्यार्थीलाई के भन्न चाहनुहुन्छ?

कसमोस केवल एउटा शैक्षिक संस्था मात्र होइन, यो विद्यार्थीको भविष्य निर्माण गर्ने 'प्लेटफर्म' हो। हामीले विद्यार्थीलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय पाठ्यक्रम र वातावरण तयार गरेका छौँ। सुरक्षा, गुणस्तरीय शिक्षा र व्यक्तित्व विकासका लागि कसमोस एक विश्वसनीय गन्तव्य हो। ढुक्क भएर हामीसँग जोडिनुहोस्।

वैशाख २८, २०८३ सोमबार १४:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।