एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड, यसरी हेर्न सकिन्छ नतिजा (सूचीसहित)

एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड, यसरी हेर्न सकिन्छ नतिजा (सूचीसहित)

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

कार्यालयले वैशाख २६ गते एक सूचना जारी गर्दै नतिजा हेर्ने माध्यमहरूबारे जानकारी गराएको हो। नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा परीक्षार्थीहरूले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ।

परीक्षार्थीले नेपाल टेलिकमको एसएमए/युएसएसडी र आईभीर प्रयोग गरी १६०० नम्बर डायल गरेर तथा जानकी टेक्नोलोजी प्रा.लि.बाट ३५००१ र एम्बिसन गुरु प्रा.लि.बाट ३१०६१ मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सक्नेछन्।

नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले सरकारी तथा निजी क्षेत्रका गरी १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ। परीक्षार्थीले आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर निम्न वेबसाइटहरूमा नतिजा र मार्कसिट हेर्न सक्नेछन्।

बोर्डले नतिजा सार्वजनिक गर्ने मिति र समयको औपचारिक घोषणा छिट्टै गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक भएलगत्तै माथि उल्लेखित माध्यमहरूबाट विद्यार्थीहरूले आफ्नो विवरण प्राप्त गर्न सक्नेछन्।

२०८२ चैत अन्तिम साता सकिएको परीक्षाको नतिजा यसपटक १ महिनामै प्रकाशित गर्ने सरकारको लक्ष्य छ। सोही अनुसार यसपटक उत्तरपुस्तिक परीक्षण पनि परीक्षा केन्द्रमा नै भएको थियो।

वैशाख २७, २०८३ आइतबार ११:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।