अमेरिकी टोली आउनुअघि नै इरानी विदेशमन्त्रीले छाडे इस्लामाबाद
एजेन्सी : मध्यपूर्व युद्ध समाप्त गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ वार्ताका लागि दबाब दिएपछि अमेरिकी वार्ताकारहरूको आगमन हुनुअघि इरानका विदेशमन्त्रीले शनिबार इस्लामाबादबाट बाहिरिएका छन्।
विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको मध्यस्थता प्रयासमा एक प्रमुख भूमिका खेलेका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर, प्रधानमन्त्री शहबाज शरिफ र विदेशमन्त्री इशाक दारसँग भेट गरेका थिए।
इरानले जारी गरेको वक्तव्यमा अराघचीले पाकिस्तानलाई उसको प्रयासका लागि धन्यवाद दिएका छन्। उनले युद्ध विरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानविरुद्ध ‘थोपरिएको’ युद्धको पूर्ण अन्त्यका सम्बन्धमा हाम्रो देशको सैद्धान्तिक अडानबारे जानकारी गराएका छन्।
पाकिस्तानी नेता डारले सामाजिक सञ्जालमा लेखेका छन्, “इरानी प्रतिनिधिमण्डलसँगको बैठक करिब दुई घण्टा चलेको थियो र पाकिस्तानले ‘वार्ता र कूटनीतिको महत्त्व’मा जोड दिएको थियो।”
इरानको सरकारी सञ्चारमाध्यमले पाकिस्तान भ्रमणमा रहेका विदेशमनत्री अराघचीले आफ्ना अडान पेश गरी इस्लामावाद छाडेको पुष्टि गरेका छन्।
वैशाख १३, २०८३ आइतबार ०७:१८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।