अनलाइन डेटिङका लागि बनाइएको थियो युट्युब

अनलाइन डेटिङका लागि बनाइएको थियो युट्युब

युट्युब संसारकै सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म बनेको छ।

यसमा पहिलो भिडियो सन् २००५ मा आजकै दिन अर्थात् २३ अप्रिलमा युट्युबमा अपलोड भएको थियो । यद्यपि, तीन साथीहरूले यसलाई भिडियो स्ट्रिमिङको लागि होइन तर अनलाइन डेटिङ सेवाका लागि डिजाइन गरेका थिए। 

पहिलो आइडिया नराम्ररी असफल भएपछि त्यसमा भिडियोहरू अपलोड हुन थाले। आज विश्वभर २ सय २९ करोड मानिस युट्युब प्रयोग गरिरहेका छन् । यद्यपि यो अमेरिकी प्लेटफर्मका प्रयोगकर्ता अमेरिकाभन्दा भारतमा बढी छन्। 

कसरी बन्यो युट्युब ?

सन् २००४ मा चाड हर्ले, स्टीभ चेन, जावेद करिमले अनलाइन भुक्तानी प्रणाली (Paypal) अमेरिकी बहुराष्ट्रिय वित्तीय प्रविधि कम्पनीमा काम गर्ने तीन जना सान फ्रान्सिस्कोमा एक डिनर पार्टीमा भेटे।

तीनै जनाले अनलाइन डेटिङ सेवा सुरु गर्ने योजना बनाएका थिए। डोमेन २००५ को भ्यालेन्टाइनमा सुरु भएको थियो। यसको पहिलो कार्यालय एउटा ग्यारेजमा बनाइएको थियो।

डेटिङ सेवा असफल भएपछि भिडियो स्ट्रिमिङ प्लेटफर्म बन्यो

मानिसहरूले यसमा आफ्नो भिडियो अपलोड गरून र आफूलाई कस्तो जीवनसाथी चाहिन्छ भन्ने उनीहरू बताउन चाहन्थे।

समय बित्यो तर कुनै भिडियो अपलोड भएन । यो विचार असफल भएपछि, तीन संस्थापकमध्ये एक, जावेद करीमले २३ अप्रिल २००५ मा पहिलो भिडियो अपलोड गरे।

यस भिडियोको शीर्षक थियो 'मी एट द जु'। यो १९ सेकेन्डको भिडियोमा जावेद करिम आफैं सान डिएगो चिडियाखानामा हात्तीसँग कुरा गरिरहेको देखिएका छन् ।

सेप्टेम्बर २००५ सम्म यसको पहिलो भिडियोले १० लाखभन्दा बढी भ्युजहरू प्राप्त गरेको थियो। आज त्यो भिडियो २६ करोड भ्युज र १.३ करोड लाइक छ ।

जावेदले ट्रायलको लागि च्यानल सिर्जना गरे, जसमा १८ वर्षमा अपलोड गरिएको मी एट द जु एक मात्र भिडियो हो। त्यहींबाट डेटिङ साइटबाट भिडियो प्लेटफर्ममा परिणत भयो।

वैशाख १०, २०८० आइतबार २१:५०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।