रवि लामिछानेले गरे राष्ट्रपति पौडेललाई बाढीको अवस्था र राहतबारे ब्रिफिङ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेललाई भेटेका हुन्।
भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उनले राष्ट्रपति पौडेललाई समग्र अवस्थाबारे ब्रिफिङ गरेका हुन्।
भदौ १५, २०८३ सोमबार १८:०९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।