एनपिएलले पायो आइसिसीको मान्यता
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ।
नेपाल क्रिकेट सङ्घका अनुसार आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीको मान्यता दिएको हो।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गरेको छ।
"आइसिसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघले लिएको छ," क्यानले विज्ञप्तिमा भनिएको छ।
असोज ३०, २०८३ शुक्रबार २०:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।