सभापोखरी हाइड्रोपावरको आईपीओ निकाल्न गरिमा क्यापिटल नियुक्त

सभापोखरी हाइड्रोपावरको आईपीओ निकाल्न गरिमा क्यापिटल नियुक्त

काठमाडौं : सभापोखरी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) को अन्डरराइटरमा गरिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको प्रतिसेयर रु १०० अङ्कित मूल्यका १० लाख ७५ हजार कित्ता (कुल रु १० करोड ७५ लाख बराबरको) साधारण सेयर गरिमा क्यापिटलले प्रत्याभूति गर्नेछ।

गरिमा क्यापिटलको प्रधान कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सभापोखरी हाइड्रोपावरले सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ मा ५ मेगावाट क्षमताको ‘लंखुवा खोला साना जलविद्युत् आयोजना’ निर्माण सम्पन्न गरी २०८१ माघदेखि नै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोडिसकेको छ।

असोज ३०, २०८३ शुक्रबार ०९:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।